Skip to main content

NEWS


2024年7月25日

गर्मी बिदाको समयमा साबधानी र सम्पर्क जानकारीको बारेमा


जुलाई १२, २०२४

येरु गाकुएनका सम्पूर्ण विद्यार्थीहरूलाई

येरु गाकुएन शैक्षिक निगम
प्रिन्सिपल ताएको किमुरा

गर्मी बिदाको समयमा साबधानी र सम्पर्क जानकारीको बारेमा

गर्मि बिदालाई प्रवेश परीक्षाको टेनोजन भनिन्छ (सफलता र असफलताको बीचमा भिन्नता हुनसक्ने एउटा महत्त्वपूर्ण अवसर) भन्ने मानिन्छ। यो गर्मि महिनाको 30 दिनलाई तपाईले कसरी बिताउनुहुन्छ,र यस गर्मी बिदाको दिनहरूमा आफुले कसरी आफ्नो ग्रेड सुधार गर्ने भन्ने कुरामा ठूलो प्रभाव पार्दछ। तपाईंले अहिलेसम्म सिकेका कुराहरू समीक्षा गर्ने यो एउटा ठुलो उत्कृष्ट अवसर हो र यसलाई नबिर्सनुहोस्। मलाई आशा छ कि, यो भविष्यको लागि तपाईले सिक्न सक्ने समय पनि हो। चाहे तपाईं उच्च शिक्षामा जाने वा, जागिर खोज्दै हुनुहुन्छ भने गर्मी बिदाको समयलाई आफ्नो भविष्यको समय भनेर सोच्नु र,गर्मि बिदामा निम्न सावधानीहरू पालन गर्दै आफ्नो स्वास्थ्य र सुरक्षाको ख्याल गर्नुहोस्।

■ गर्मी बिदाको अवधि

・अगस्ट १ (बिहिबार) – सेप्टेम्बर १ (आइतबार)
※विद्यालय बिदा र आइतबार बाहेक गर्मी बिदाको अवधिमा विद्यालय खुल्ला रहन्छ ।
विद्यालय बन्द हुने दिन: अगस्ट १० (शनिबर ) देखि अगस्ट १८ (आइतबार ) सम्म।
 ※यस अवधिमा सबै विद्यालय भवनहरू बन्द रहनेछन्।

■अगस्ट १० (शनिबार) देखि अगस्ट १८ (आइतबार) सम्मको लागि आपतकालीन सम्पर्क।

गर्मि बिदाको अवधिमा, ट्राफिक दुर्घटना, गम्भीर चोटपटक, कोरोन संक्रमण,आदिको घटना भएमा कृपया तलको नम्बरमा सम्पर्क गर्नु होला। तपाईले इमेल वा फोन द्वारा सम्पर्क गर्न सक्नु हुनेछ। कृपया हामीलाई सम्पर्क गर्दा पहिले आफ्नो विद्यार्थी नम्बर र नाम बताउन नबिर्सनुहोस्।

विषय सम्पर्क फोन नम्बर इमेल ठेगाना
अन्तर्राष्ट्रिय व्यापार विभाग 080-9707-9182 biz@ehle.ac.jp
अन्तर्राष्ट्रिय संचार विभाग 080-9707-9182 com@ehle.ac.jp
ओयोउ जापानीज भाषा विभाग 080-4952-3483 ounichi@ehle.ac.jp
जापानीज भाषा शिक्षा विभाग 080-7956-4478 nihongo@ehle.ac.jp
आईसीटी बिद्यालय 080-3840-4328 ict@ehle.ac.jp

■ महत्वपूर्ण सावधानीहरू

  • यदि तपाइँ जापानबाट टाडा जानु हुन्छ वा (अस्थायी फिर्ती वा विदेशी भ्रमण ) कृपया “यात्रा सूचना” पेश गर्नुहोस्। तपाई घर फर्केपछि सम्पर्क (तपाईंको घरको फोन र इमेल ठेगाना मात्र होइन, SNS मेसेन्जरहरू जुन तपाईले कुनै पनि समयमा सम्पर्क गर्न सकिने, र आपतकालीन सम्पर्कहरू जस्तै जापानमा रहेका साथीको सम्पर्क, ठेगाना) र उडान जानकारी (ई-टिकट प्रतिलिपि,आदि आवश्यकता पर्दछ )
  • लामो बिदाको समयमा मात्र प्रति दिन 8 घण्टा सम्म पार्ट-टाइम कामको लागि अनुमति दिइन्छ, तर अधिकतम पार्ट-टाइम काम प्रति हप्ता 40 घण्टा सम्म हो। तपाईंले यो भन्दा बढी पार्ट-टाइम गर्न सक्नुहुन्न, त्यसैले सावधान हुनुहोस्।
  • उच्च शिक्षा वा रोजगारीको लागि तयारी गरिरहेका विद्यार्थीहरूले यस अवधिमा राम्रोसँग तयारी गर्नु होला। तपाइँले गर्मी बिदा कसरी बिताउनुहुन्छ तपाइँको प्रवेश परीक्षा र नौकरी प्रस्तावमा तपाइँको सफलता वा असफलता लाई धेरै प्रभाव पार्छ।
  • सामाजिक सञ्जाल (ट्विटर, फेसबुक, लाइन, इन्स्टाग्राम, युट्युब, लिंक्डइन आदि), ब्लग, वेबसाइट र इमेलहरूमा मानव अधिकार उल्लङ्घन र समस्याहरू बढेका छन्। निन्दनीय शब्दहरू,फोटो ,वा आफ्नो बारेमा कुनै किसिमको जानकारीहरू अपलोड नगर्नु होला।
  • अन्तर्राष्ट्रिय विद्यार्थीहरू संलग्न हुने ट्राफिक दुर्घटनाहरू बढ्दै गएका छन्। ट्राफिक लाइट बेवास्ता गर्ने, छाता लगाएर साइकल चलाउने र मोबाइल फोन प्रयोग गर्दा सवारी चलाउने जस्ता उल्लङ्घनहरूबारे विशेष सावधान रहनुहोस्। अपराधी वा ट्राफिक दुर्घटनाको सिकार हुनबाट जोगिने एउटै मात्रै उपाय भनेको ”ट्राफिक नियमको पालना गर्नु र सावधानीपूर्वक सवारी चलाउनु” हो।
  • गर्मी मौसममा पानीबाट हुने दुर्घटनाहरु धेरै बढेको छ। मौसम राम्रो र गर्मि हुँदा पौडी खेल्न जान मन लाग्छ तर , कृपया आफ्नो शारीरिक अवस्था र मौसमको ख्याल राख्नुहोस्, र पौडी खेल्न निषेध गरिएको ठाउँको नजिकै कहिल्यै नजानुहोस्। बाहिरबाट यो खतरनाक नदेखिए पनि समुद्र र नदीहरूमा तीव्र गतिमा बग्ने लहर र गहिराइ जस्ता खतरनाक ठाउँहरू छन्।
  • लागूऔषध र मदिरा लगायत लागुऔषध दुरुपयोगका कारण हुने समस्याहरु झन् गम्भीर बन्दै गएका छन् । कृपया प्रलोभनमा नपर्न सावधान रहनुहोस्।
  • गर्मीयाममा धेरै संक्रामक रोगहरु बढ्दै गएका छन् । ह्यान्ड-फुट-एन्ड-माउथ रोग, हर्पान्जिना, र फरिन्गोकोन्जेक्टिभल फिवर (पूल ज्वरो) लाई तीन प्रमुख ग्रीष्मकालीन संक्रामक रोगहरू भनेर चिनिन्छ, र यद्यपि सामान्यतया बच्चाहरूलाई बढी असर गर्ने गरिन्छ, तर वयस्कहरूलाई पनि यो संक्रमित हुन सक्छ।हामीले आफ्नो सुरक्षा आफैले राख्नु पर्छ। जुलाई महिनामा नयाँ कोरोना संक्रमितको संख्या क्रमशः बढ्दै गएको छ । कोरोनाको अतिरिक्त यो वर्ष, स्ट्रेप्टोकोकल संक्रमण र यौन संक्रामक रोगहरूपनि बढ्दै गएका छन्, त्यसैले हामीले सावधानी अपनाउनु आवश्यक छ।
  • गर्मीको समयमा, स्वतन्त्रताको भावनाले गर्दा नियमको बेवास्ताको कारणले गर्दा दुर्घटनाहरू बढी हुने सक्ने सम्भावना हुन्छ। तपाईले सावधानी अपनाए पनि अप्रत्याशित रूपमा दुर्घटनाहरुमा पर्न सक्नु हुन्छ। तेसैले सबै भन्दा पहिले, कृपया सुनिश्चित गर्नुहोस् कि तपाइँ शान्तपूर्वक कार्यहरु गर्नुहोस,र तपाइँले आफ्नो गर्मी बिदा राम्रो संग मनाउनु होला।